प्रधानमन्त्री ओलीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

खबरपथ संवाददाता
६ जेष्ठ २०७८, बिहीबार १४:०४

काठमाडौं । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना रोकथामका लागि १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

देउवाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार १५ बुँदे ज्ञापन पत्र बुझाएका हुन।

पार्टीका शीर्ष नेताहरू सहित सिंहदरबार प्गेका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउदै कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न, भेन्टिलेटरको पर्याप्त ब्यबस्था गर्न र कोरोना बिरुद्धको खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् ।

सभापति देउवासँग महामन्त्री पूर्णबहादुर खड्का, सह-महामन्त्री प्रकाशशरण महत,पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायत नेता सिंहदरबार पुगेका थिए।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*