राष्ट्रपतिद्धारा ७६(५) बमोजिम सरकार गठनका लागि आह्वान

खबरपथ संवाददाता
६ जेष्ठ २०७८, बिहीबार २०:४३

काठमाण्डौं । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उहाँले जेठ ७ गते ५ बजे सम्मको समय दिनुभएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गर्नु भएको छ ।

वैशाख ३० गते प्रधानमन्त्री ओलीले ठूलो दलको हैसियतले सरकार बनाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*