प्रतिनिधि सभा विघटनको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

खबरपथ संवाददाता
८ जेष्ठ २०७८, शनिबार १६:२०

काठमाडौं । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरे पछी शनिवार  बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटन असंवैधानिक र प्रतिगामी भएको ठहर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षर  सहित आफूहरुले पेश गरेको दाबीमाथि संविधानतः निर्णय गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनका नेताहरुको निष्कर्ष छ ।

विपक्षी गठबन्धनको बैठकपछि संचारकर्मीहरु संग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले संसद भित्रै अर्को विकल्प हुदाहुदै प्रधानमन्त्री ओलीले निरंकुश शैलीमा संसद विघटन गरेकाले त्यसको वडास्तरबाटै प्रतिवाद गरिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको रवैया र निरंकुशताका विरुद्ध सडक र अदालतबाट प्रतिवाद गरिने बताए । प्रधानमन्त्री र राष्टपतिले षडयन्त्रमुलक ढंगबाट संसद विघटन गरेका छन।  जुन कानुनी तथा ब्यबहारिक रुपले पनि गलत छ।

अध्यक्ष प्रचण्डले भने उनले प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनको कुनै अर्थ नभएको समेत बताए शनिवार बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गर्दै राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय भएको पनि प्रचण्डले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु