माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले माधवकुमार नेपाल सहितका ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
कारवाही स्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी र कल्याणी खड्का रहेका छन् ।
उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।