माधव नेपाल सहित ११ नेता एमालेबाट निस्कासित
काठमाडौँ । एमाले स्थायी समितिको बैठकले स्पष्टिकरण सोधिएका नेपाल र खनाल सहित ११ जना एमालेका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।
निस्काशीत गरिएका नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु समेत ११ जना रहेका छन ।
यस अघि स्पष्टीकरण दिने समय सकिदा सम्म पनि ती नेताहरुले स्पष्टीकरण बुझाएका थिएनन। एमाले नेता भिम रावलले त्यस्तो एकपक्षीय स्पष्टीकरणको कुनै अर्थ नभएको बताएका थिए ।
बालुवाटारमा बसेको स्थायी समिति बैठकले माधव नेपाल, झलनाथ खनाल लगायत ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।