प्रधानमन्त्रीद्धारा निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह
स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमण दण्डनीय हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नु भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गर्नुभएको छ ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मी माथि आक्रमण भए सरह दण्डनीय हुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।