आज अपरान्ह चार बजे बजेट सार्वजनिक हुँदै
काठमाडौं । आज (शनिवार) अपरान्ह चार बजे आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भए पछि बजेट सार्वजनिक गर्नुहुनेछ। बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।
शनिवार बिहान ११ बजे बजेट सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनु हुनेछ ।