विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा
खबरपथ संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १७:३९
काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताउनु भएको छ । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।
यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।