शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
खबरपथ संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १७:५५
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दैे सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको बताउनुभएको छ । यो रकम पाठ्यक्रम वितरण , छात्रवृत्ति लगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।
बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।