पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार
खबरपथ संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १८:३०
काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दैे देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट उपचार सुविधा परिचयपत्र जारी हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाख सम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।