नेकपा एमालेले भन्यो – नेपाल पक्षको बैठकमा सहभागी नहुनु
खबरपथ संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १०:१९
काठमाडौँ । नेकपा एमालेले नेपाल पक्षको बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यहरूलाई सूचित गरेको छ ।
पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनाधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन सूचित गरेको हो ।
पार्टीले कारवाही गरेका अनाधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।