प्राप्त उपलब्धि गुम्दै जाने खत्तरा पैदा भयो – प्रचण्ड

खबरपथ संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १३:३४

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका हुन् ।

प्रचण्डले मानिसले मानिस माथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय रहेको भन्दै आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको बताए ।

उनले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*