राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

खबरपथ संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १५:५३

काठमाडौं। विना आधार पार्टीले आफूमाथि कानुन बिपरित कारवाही गरेको भन्दै जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् ।

रिटमा उनले आफूलाई असंवैधानिक तरिकाबाट पार्टीले कारवाही गरि निष्कासन गरेको दाबी गरेका छन् । थापाको रिट आइतबारका लागि पेशी तोकिएको छ ।

पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा जनमोर्चाले उनको सांसद पद खारेज भएको पत्र प्रदेशसभामा दर्ता गराएको थियो । त्यस लगत्तै प्रदेशसभाले उनको पद खारेज भएको सूचना बिहिवार जारि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*