सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

खबरपथ संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ०९:४२

काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । विना आधार पार्टीले आफू माथि कानुन बिपरित कारवाही गरेको भन्दै जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

थापाको रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशन विपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागे पछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

अविश्वास प्रस्तावमा मतदान गर्ने बेला सभामुखले अचानक संसद बैठक स्थगित गरेको र त्यस पश्चात मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिए पछि अविश्वास प्रस्ताव निष्क्रिय भएको उनले रिटमा उल्लेख गरेका छन् ।

अविश्वास प्रस्ताव नै निष्क्रिय भए पछि पार्टी निर्णय र संसदीय दलको ह्विप समेत निष्क्रिय भएको भन्दै उनले त्यस पश्चात नयाँ सरकार गठनका सन्दर्भमा पार्टी र संसदीय दलले कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु