अध्यक्ष ओलीद्धारा एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा, अघि सारे ६ बुँदे प्रस्ताव (पुर्णपाठ )

खबरपथ संवाददाता
२३ जेष्ठ २०७८, आईतवार २१:४९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जेठ ३ मा फर्काउने घोषणा गरेका छन् । आइतबार अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका छन् ।

जसमा उनले २०७५ जेठ ३ मा रहेको एमालेको सांगठानिक संरचनामा फर्कन तयार भएको जनाएका छन् ।

ओलीले ६ बुँदे प्रस्तावमा भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पुर्वको अवस्थाबाट अगाडि बढाइनेछ ।  नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटिका संरचना गतिशिल हुनेछन ।’

त्यस्तै मातहतका पार्टी कमिटि र जनसंगठनहरु मुलभुत रुपमा २०७५ जेठ ३ पुर्वको अवस्थामा फर्केर क्रियाशिल हुने पनि उनले जनाएका छन् ।

पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने माग सहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ,’ ओलीले भनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*