नेपाल खनाल समूहको स्थायी कमिटीको बैठक बस्दै
काठमाण्डौं । नेपाल खनाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । आईबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्कने घोषण सहितको ६ बुदे प्रस्ताव आए पछि एकिकृत धारणा बनाउन बैठक बस्न लागेको होे ।
ओलीको प्रस्ताव प्रति नेपाल पक्षका नेताहरुले सामाजिक सञ्जाल मार्फत दुवै खालका प्रतिक्रिया दिएका छन् । योगेश भट्राई सहितका नेताले सकारात्मक भनेका छन् भने रामकुमारी झाँक्रीले सर्त सहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन् ।
ओलीले ६ बुँदे प्रस्तावमा आफू २०७५ जेठ ३ कै संरचना अनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनु पर्ने सर्त राखेका छन् ।