
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै
खबरपथ संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार १२:१०

बुटवल । लुम्बिनी सरकारले आज प्रदेश सभा मार्फत आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश सभामा दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसदमा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।