सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत

खबरपथ संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार १५:५२

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेशसभाबाट ५१ मा ३० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका भट्ट लाई मुख्यमन्त्रीका लागी २७ मत मात्र विश्वासको मत आवश्यक भएता पनि उनलाई नेकपा एमालेको माधव कुमार नेपाल पक्षले पनि मत दिएपछि बहुमत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले उनको सरकार ढल्न नदिने बताए पनि पक्ष विपक्षमा मत भने हालेन ।

प्रदेश सभामा ५१ उपस्थित सांसद मध्ये ३० जनाले भट्टको पक्षमा र ९ जना सांसदले विपक्षमा मतदान गरेका थिए । कांग्रेसका १२ जना सांसदले भने मत हालेनन्। प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । एमालेका २४ मध्ये १७ जनाले भट्टलाई मत दिए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु