पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

खबरपथ संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार १८:२४

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकार प्रति लगानी कर्ताको विश्वासका रुपमा लिएको बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिनुभयो ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा कमी कमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*