संसद विघटन मुद्दामा आज सुनुवाइ हुँदै

खबरपथ संवाददाता
२६ जेष्ठ २०७८, बुधबार ०६:५३

काठमााण्डौं । संसद विघटन मुद्दामा आज सुनुवाइ हुँदैछ । यस अघि भएको सुनुवाईमा मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा बुधबारका लागि पेशी तोकिएको थियो।

गत आइतबार सुनुवाइका क्रममा: सरकारी वकिलले संवैधानिक इजलासका सदस्यबारे प्रश्न उठाएका थिए । त्यसपछि सोमबारका लागि तोकिएको पेशी प्रधानन्यायाधीश बिरामी भए पछि स्थगित गरिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग तथा प्रतिनिधि सभा पुनर्स्थापना भए प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने माग सहित रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु