नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

खबरपथ संवाददाता
२७ जेष्ठ २०७८, बिहीबार १७:५५

काठमाडौँ । मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष र १ जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

विहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गृहमन्त्रीमा खगराज अधिकारी , उद्योग, बाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव , सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा , कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह र वन तथा वातावरण मन्त्रीमा नारदमुनि रानालाई नियुक्त गर्नुभएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेश कुमार पहाडी , मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । यो संगै ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु