गण्डकीका मुख्यमन्त्री गुरूङले विश्वासको मत प्राप्त गर्न असफल

खबरपथ संवाददाता
२७ जेष्ठ २०७८, बिहीबार १८:३०

बुटवल । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

विश्वासको पक्षमा एमालेका २७ जना सांसदले मात्र मतदान गरेका थिए भने विपक्षमा ३० जना सांसदले मतदान गरेका थिए ।

मतदानमा युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उपस्थित भएनन् भने जनमोर्चाले कारबाही गरेका कृष्ण थापा तटस्थ बसे ।

गण्डकी प्रदेशमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुख सहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी कुल ३२ सांसद छन् ।

ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु