सभामुख सापकोटाले आज शीर्ष नेताहरूसँग छलफल गर्दै

खबरपथ संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार ०७:२२

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन् । छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए ।

आज अपराह्न सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि  संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधान अनुसार नमिल्ने भनेका थिए । सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*