गण्डकी प्रदेश प्रमुखद्धारा वैकल्पिक सरकार गठनका लागि आह्वान

खबरपथ संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १६:१७

बुटवल ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहिबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसको जानकारी औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।

संसद सचिवालयको पत्र प्राप्त भए लगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि २४ घण्टाको समय  दिएर आह्वान गर्नुभएको हो । जस अनुसार भाेलि दिउँसाे ३ बजे सम्म वैकल्पिक सरकारको दाबी गर्न सकिने छ ।

बिहिबार प्रदेशसभामा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए । बिहिबार मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत परेको थियो । विपक्षमा भने ३० मत परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*