मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङकाे पनि दाबी पेश
बुटवल । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । २७ गते विश्वासकाे मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन् ।
गुरूङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन् । विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिले कै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् । पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै उनले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताएका हुन् ।
यस अघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुख कै सामुन्नेमा श-शरीर उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेका छन् ।