गण्डकीमा प्रदेश प्रमुख निवास अगाडि विपक्षी सांसदहरुकाे धर्ना
बुटवल । गण्डकी प्रदेश प्रमुखले वैकल्पिक सरकार दाबी पेस गर्न दिएको समय सिमा सकिए पछि विपक्षी सांसदहरु प्रदेश प्रमुख निवास अगाडि धर्ना दिएका छन् ।
एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाउँदै धर्ना दिएका हुन ।
शुक्रबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर सहितको दाबी पत्र बुझाएको थियो ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका थिए ।
अहिले प्रदेश प्रमुख निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।