कांग्रेसको १४ औं महाधिवेशन सर्यो, भदौ १६ देखि १९ लाई प्रस्ताव
काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो।
बैठकले कोरोना महामारी देखाउँदै महाधिवेशन पहिले तोकिए भन्दा दुई साता पर धकेल्ने प्रस्ताव गरेको सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
महतका अनुसार भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने पदाधिकारी बैठकको प्रस्ताव छ । त्यसको अनुमोदन असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने उनले बताए । यसअघि भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने काङ्ग्रेसको निर्णय थियो।