गण्डकीका मुख्यमन्त्रीसहित चार विना विभागीय मन्त्रीले खाए सपथ

खबरपथ संवाददाता
२९ जेष्ठ २०७८, शनिबार २१:५२

बुटवल । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार साँझ आफ्नै निवासमा मुख्यमन्त्री सहित मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो ।

नवनियुक्त मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ लिएका छन् । नवनियुक्त ४ जना मन्त्री बिना विभागीय रहेका छन् ।

प्रदेश प्रमुख पौडेलले  संविधानको धारा १६८ उपधारा ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेललाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु