आज सातवटै प्रदेशले बजेट प्रस्तुत गर्दै
काठमाडौं । आज सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताका कारण मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागिएको हो ।
लुम्बिनी प्रदेश, प्रदेश नं.१ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ । प्रदेश नं.२ र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी छ ।
हिजो मात्रै नीति तथा कार्यक्रम संसद प्रस्तुत गरेको गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउँदै छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ । गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।