लुम्बिनीमा ४० अर्व ९५ करोड ९७ लाखको बजेट सार्वजानिक
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्व ९५ करोड ९७ लाखको बजेट सार्वजानिक गरेको छ । मंगलबार प्रदेशसभामा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालु तर्फ १४ अर्व ९३ करोड ७३ लाख ४३ हजार र पुंजिगत तर्फ २१ अर्व १७ करोड ९९ लाख ६१ करोड बिनियोजन गरेको बताउनुभयो ।
त्यसैगरी स्थानीय तहमा बित्तीय हस्तान्तरणका लागि ४ अर्व ८४ करोड २३ लाख ९६ हजार बजेट बिनियोजन गरिएको मन्त्री चौधरीले बताउनुभयो ।
मन्त्री चौधरीले बेजेटको श्रोतका रुपमा आन्तरिक राजश्वबाट ४ अर्व २९ करोड ५० लाख ५० हजार, राजश्व बाँडफाँटबाट १३ अर्व २० लाख, ढुआईसी मार्फतबाट १ अर्व १ लाख ५० हजार, बित्तिय समानिकरण अनुदानबाट ८ अर्व, २ करोड ९७ लाख, सशर्त अनुदानबाट ६ अर्व १ करोड ३ लाख, समपुरक अनुदानबाट ७२ करोड १६ लाख, बिशेष अनुदानबाट २३ करोड ४९ लाख र चालु आर्थिक वर्षको बचतबाट ७ अर्व ५ करोड रहने अनुमान रहेको बताउनुभयो ।
मंगलबार प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कोभिड १९ नियन्त्रण , उपचार र त्यसले श्रृजेका समस्या समाधानमा केन्द्रीत रहेको छ । जसका लागी अस्पतालहरुलाई पूर्वाधारयुक्त र उपकरणयुक्त बनाउन बजेटमा व्यवस्था गरिएको छ । त्यसैगरी रोजगारी श्रृजना, कृषिको व्यवसायीकरण र उत्पादन बढाउन विभिन्न कार्यक्रम अघि बढाइएको छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको छ । त्यसैगरी एकघर एकधारा कार्यक्रम अन्तर्गत खानेपानी आयोजना अघि बढाइएको छ । र सिंचाई सुविधाको पहुँच वृद्धिमा उल्लेख्य बजेट विनियोजन गरिएको छ । त्यसैगरी रणनीतिक सडक आयोजना निर्माणमा जोड दिइएको छ ।