
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्राप्त गरे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका पोखरेलको पक्षमा ३१ सांसदले मतदान गरेका हुन ।
प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले मतदानमा सहभागी ५८ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।