रुपन्देही उद्योग संघले बुझायो नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र

खबरपथ संवाददाता
६ असार २०७८, आईतवार २०:०१

बुटवल । नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्वोधन गर्न अनुरोध गर्दै रुपन्देही जिल्लाका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले ज्ञापन पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक भैरहवा शाखा मार्फत गभर्नर महाप्रसाद अधिकारीलाई संघले ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको संघको एक टोलीले नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उप-निर्देशक खगराज सापकोटा एवं गुलाव धबलसँग भेट गरी संस्थागत सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । संघले लामो समयदेखि कोभिडको प्रभावले उद्योग क्षेत्र धाराशाही बन्दै गएकाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राहत प्रदान गर्न अनुरोध गरेको छ । संघले निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधी थप गर्नुपर्ने, साँवा किस्ता र ब्याजलाई पूँजीकरण गरी पुर्नताजकीकरण गरिनुपर्ने, पूनकर्जा कोषलाई थप बृद्धि गरी लचिलो कार्यविधि अपनाउनु पर्ने, उत्पादन मूलक उद्योगलाई विशेष प्राथमिकता र ऋण लगानी न्यून ब्याजदरमा गरिनुपर्ने, बैंकहरुले लिने सेवा शुल्कहरुमा थप सहुलियत दिनुपर्ने र उद्योगहरु बचाई राख्न उद्योग मैत्री मौद्रिक नीति अवलम्बन गर्नुपर्ने लगायतका सुझावहरु समेटिएको ज्ञापन पत्र बुझाइएको जानकारी गराउँदै संघका अध्यक्ष बाबुराम बोहोराले संस्थागत सुझावहरु सम्बोधन हुनेमा विश्वास रहेको बताउनु भएको छ ।

ज्ञापन पत्र बुझ्नुहुँदै भैरहवा शाखाका निमित्त प्रमुख एवं उपनिर्देशक खगराज सापकोटाले संस्थाले पेश गरेका सुझावहरु समय सापेक्ष र मनन योग्य रहेको बताउनुहुँदै हाल पेश हुन आएका सुझावहरु तत्काल सम्बन्धित तहमा पेश गरिने आश्वासन समेत दिनु भएको थियो । संघले बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित समस्याहरु उठान गरी समय समयमा नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गर्ने गर्दछ । डेलिगेसन टोलीमा संघका बरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्य समिति सदस्य विष्णु प्रसाद पौडेल र संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*