तिलोत्तमा नगरपालिकाको झण्डै दुई अर्बको बजेट सार्वजनिक

खबरपथ संवाददाता
८ असार २०७८, मंगलवार २०:४६

तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गर्नु भएको हो ।

नगर प्रमुख बासुदेव घिमिरेबाट असार २ गते दशौं नगरसभाको पहिलो बैठकमा पेश गरी स्वीकृत नीति तथा कार्यक्रममा आधारित तिलोत्तमाको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई समुचित सम्बोधन गरी रोजगारी र्सिजना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षदेखि सुरु गरिएको मध्यकालीन खर्च संरचना अनुरुप योजनाको प्राथमिकीकरण सहित स्रोतको सुनिश्चितता गरी बजेटलाई वस्तुपरक र कार्यान्वयन योग्य बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।
बजेटमा चालु आर्थिक वर्षका प्रायः सबै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने कोरोना नियन्त्रण तथा रोकथामको लागि ३ करोड विनियोजन गरिएको छ ।
सडक मर्मतको लागि हरेक वडामा एक/एक करोडका दरले १७ करोड विनियोजन गरिएको बजेटमा शिक्षामा ३५ करोड २४ लाख विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*