
लुम्बिनी प्रदेशकी राज्यमन्त्री रायमाझीद्धारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहनुभएकी सुमन शर्मा रायमाझीले सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको बताउँदै पदबाट राजिनामा दिनुभएको छ ।
रायमाझीले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजकै मितिबाट लागू हुने गरी पदबाट राजिनामा दिन भएको हो । प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो समुहबाट ४ सांसद मन्त्री बनेका थिए ।