दलितको लागि मानव अधिकार, कुन चराको नाम ?
दलितको लागि न्याय कँहा छ ?
नेपाली समाजको धारणा अनुरुप दलित भएर जन्मनु भनेको पछिल्लो जन्मको पाप हो र पछिल्लो जन्ममा गरेको पापलाई धुनका लागि अहिलेको जन्ममा दलित भई सेवा मुलक काम गरि आफ्ना विष्टहरुलाई खुसी बनाउनु हो । पछिल्लो जन्मको पापको कारण दलित भएर जन्मेका व्यक्तिहरुलाई समाजले अछुत, तल्लो जातको भनि विभिन्न प्रकारका विभेद भोग्नु परेको हुन्छ । मानव मानव विचमा नै उचता र निचताको पर्खाल खडा भई कोही तल्लो र कोही माथिल्लो वर्गको हो भनि व्याख्या गर्ने समाजले कसरी तल्लो वर्गलाई न्याय गर्ला त ? दलित भएर जन्मिनु पछिल्लो जन्मको पाप भनि भ्रम फैलाउने ब्राह्मणबादले यस भ्रमलाई तोड्न कुनै कोसिस गर्ला त, पक्कै पनि गर्ने छैन । यस जात व्यवस्था र ब्राह्मणबादका कारण विगतको लामो समय देखि हाल सम्म पनि दलित समुदायले विभिन्न प्रकारका जातिय विभेद भोग्दै आईरहेका छन् । यसरी विभेद युक्त जिवन विताईरहेका दलितहरुको लागि राज्यले न्याय दिन सकेको छ
त ? दलितहरु पनि अन्य जाति सरह जिवन बिताईरहेका छन्त ? दलितहरुको लागि न्याय कँहा छ ?
दलित माथि भएका केहि अत्यन्त क्रुर विभेदका उदाहरणहरु
विभिन्न मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सँग काम तथा अध्ययन गर्ने क्रममा विभिन्न किसिमका अमानविय रुपमा दलित माथि भएका घटनाहरु मेरा अगाडी नआएको होईन तर पनि केहि यस्ता दलित माथि भएका अमानविय घटनाहरु छन जसले केहि समय नेपाली संचार माध्यमहरुमा निकै स्थान पाएका भए पनि ति घटनाहरु पनि अन्य घटना सरह समय सँगै सुस्ताउदै गईरहेका छन् ।
सन् २०१८ मा डिग्नीटी ईनिसियटिभको लागि दलित मानव अधिकार हननका केहि प्रतिनिधि घटनाहरुको अध्ययन गर्नका लागि प्रदेश नं ३ लाई छनौट गरिएको थियो । प्रदेश नं ३ मा गरिएको अध्ययन देखि २०२० सम्ममा एक सामाजिक संस्थाको कर्मचारीको हैसियतले गरेको विभिन्न किसिमका मानव अधिकार
हनन्का घटनाहरु र न्यायिक प्रक्रियालाई सरसर्ती नियाल्दा दलित समुदायका लागि न्याय माथि–माथि आकाशमा उड्ने र कहिले मानिसको हातमा नआउने कुनै चरा भन्दा फरक कत्ति पनि छैन । जसलाई हामी स्पष्ट तरिकाले देख्न सक्छौँ तर उसलाई छोएर आनन्दको महशुस भने कहिले पनि गर्न सक्दैनौँ ।
अजित मिजारको अन्तर जातिय प्रेमले निम्त्याएको कलिलो उमेरको डरलाग्दो मृत्यु देखि स्वयम्भु निबासी सन्तोषी परियारकी ९ बर्षिया छोरीको बलात्कार र हत्याको घटना होस्या फेरी माथिल्लो भनिने जातिको विहेमा बाजा बजाउन ढिला पुगेका काभ्रेका धन बहादुर मिजारलाई जुत्ताको माला लगाई नगर परिक्रमा
गराईएको अपमान हरेक घटनामा मानिसलाई मानिसको रुपमा नलिई कुनै तुच्छ प्राणी, कुनै पशुलाई गरिने व्यवहार भन्दा पनि निकै नै निच व्यवहार गरेको देखिन्छ । उक्त व्यवहार र अपमानका पिडा भोगिरहेका मानिसको पिडालाई हेरी बस्ने समाज र राज्य व्यवस्थाले उनीहरु माथि भएको अन्यायलाई थप बढावा दिईरहेको छ ।
यसैगरी अजितले झै रुकुमका एक दलित युवक नवराज वि.क.ले शुष्मा मल्ल सँगको अन्तर जातिय प्रेमका कारण आफ्नो मात्र नभई आफ्ना अन्य चार जना साथीले समेत ज्यान गुमाउनु परेको थियो ।
कालिकोटकी मना सार्की लाई दलित भएकै कारण गरिएको उनको हत्या यि सबै घटनाहरुले दलित समुदाय माथि राज्य पक्ष तथा सिँगो नेपाली समाजले नै अन्याय गरेको दलित समुदायका मुद्धाहरुलाई स्थान नदिएको स्पष्ट हुन्छ ।
विगतका घटनाहरु हुन या फेरी अहिले हाल सालैको घटना होस नेपाली समाज तथा राज्यले दलितहरु माथि भईरहेको घटनाहरुलाई सामान्य रुपमा लिईरहेको छ । राज्य आफैले पनि दलितहरु माथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अन्याय गरिरहेको छ भन्ने कुरा राष्ट्रिय मानव अधिकार आयोगको विज्ञप्तीले थप स्पष्ट
पारेको छ । कलाकार तथा संचारकर्मीलाई जातकै आधारमा कोठा नदिएकी सरस्वती प्रधान माथि रुपा सुनारले दिएको उजुरी माथि कारवाही भईरहेको समयमा शिक्षा मन्त्री आफै झण्डा सहितको सरकारी गाडी लिई प्रधानलाई रिहा गरी ल्याउनु र मानव अधिकार आयोगले निकालेको विज्ञप्तीमा शिक्षा मन्त्रीलाई
आगामी समयमा यस्ता घटना नदोहोर्याउन भन्दै छुट दिईरहँदा लाग्छ कि यो राष्ट्र, यो राज्य भनेको हुने खानेको र कथित उपल्ला जाती भनिएकाहरुको लागि मात्र हो र दलित समुदायको लागि भने पक्कै पनि होईन ।
बुद्धीजिवीहरुको विश्लेषण पनि दलित विरोधी
पछिल्लो समयमा संचारकर्मी रुपा सुनार माथि भएको जातिय विभेद र उनले न्यायका लागि चाहेका कदमहरुले यस ब्राह्मणबाद समाजलाई एक किसिमको डर भएको छ । जातिय विभेदको घटनालाई यस देशका बुद्धिजिवी भनिएकाहरुले “रुपाले कोठा पाईनन् हामीले कोटा पाएनौँ” भनि रुन्चे भाष्य प्रयोग गरिरहेका छन्। विभेदलाई कम गरी विगतको लामो समय देखि विभेद युक्त र राज्यले दिने सुविधाबाट बन्चित भएका वर्गको विकासको लागि भएको कोटा प्रणाली माथि अहिले ब्राह्मणबादको गिद्धे दृष्टिले गलत तरिकाले प्रस्तुत गरिरहेको छ । कोटा प्रणालीलाई नै गलत तरिकाले प्रस्तुत गरिरहेका छन्, सामाजिक संजालमा दलित भनेर स्विकार हुँदैन भने कोटा चाँही किन माग्छौँ, तिम्रा कोटाले गर्दा हामी माथि अन्याय भएको छ भन्दै रोईरहेका छन् ।
राम्रो सँग बुझेका छनकोटा किन दिईन्छ दलित, जनजाती, मधेसी, पिछडिएका र महिलाहरुलाई त्यही पनि कोटा र कोठा लाई जोडेर जुन बहस चलाईएको छ त्यो केबल दलित समुदायले पछिल्लो समयमा आफु माथि भईरहेका अन्यायको विरुद्ध जुन तरिकाले आवाज उठाईरहेका छन्उक्त आवाजलाई दवाउनका लागि मात्र भएको देखिन्छ ।
सदियौँ देखि दलित माथि अन्याय, अत्याचार र विभेद गरी आफुलाई कथित उच्च वर्गमा राखेकाहरुले दलितले हक अधिकार माग्दा कँहा चुप लागेर बस्छन त ? दलित समुदायले आफु माथि भएको जातिय विभेदको विरुद्धमा आवाज उठाउँदा दलितहरुले सदियौँ देखि भोग्दै आएको विभेद अन्यायको बदलामा पाएको कोटामा टेकेर उल्टो दलित समाजलाई नै आक्रमण भईरहेकोछ । हरेक दिन सामाजिक संजाल, पत्रपत्रिका र विभिन्न संचार माध्यममा अहिले तातो बहसको रुपमा आएको रुपाले चाहेको न्यायको कदमलाई गलत सावित गरि दबाउनेको होड नै चलेको देखिन्छ ।
अजित मिजार, नवराज वि.क, मना सार्की र रुपा सुनार त केहि प्रतिनिधी पात्रहरु मात्र हुन, समाजमा हरेक दिन दलितहरु अरुको घरमा पस्न नपाउने सँगै खान नपाउनु त सामान्य नै भई रहेको छ, व्यक्तिगत घर देखि सार्वजनिक स्थलहरु विद्यालय, कार्यालय, क्याम्पस र विभिन्न सभा सम्मेलनहरुमा दलितहरुलाई
फरक व्यवहार गरी प्रत्यक्ष र अप्रत्क्ष रुपमा विभेद गरिरहने उपल्ला र ठुला भनिने जातले र राज्यले दलितलाई एक आम मानिस सरह बाँच्ने वातावारण कहिले दिन्छन्? के यो देश, यो राज्य, यो समाज दलित को होईन ? आफ्नो अधिकार माग्दैमा दलितले जातको कुरा गरेर सामाजिक सद्भाव विगार्दै छ भन्ने आरोप कहिले सम्म ?
मानवशास्त्रबाट मास्टर डिग्री पास गर्नुभएकी सुष्मा छिनाल अहिले महिला पुनःस्थापना केन्द्र दाङमा कार्यरत हुनुहुन्छ ।