प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

खबरपथ संवाददाता
२९ असार २०७८, मंगलवार १२:३२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

बालुवाटार छाड्नु अघि प्रधानमन्त्रीले ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आजै बेलुका ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु