काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त

खबरपथ संवाददाता
२९ असार २०७८, मंगलवार १८:१५

बुटवल ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री देउवाको सपथ ग्रहण साँझ ६ बजे गर्ने तय गरिएको छ ।

सोमबार सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश गरेको थियो । मंगलबार साँझ ५ बजेभित्र नियुक्त गर्नुपर्ने परमादेश अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री नियुक्त भएसंगै देउवाले नेपाली काँग्रेस सहित सत्ता साझेदार दलहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट समेत गरि तीनजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री  शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको रुपमा नियूक्त हुनु भएको हो उहाँ यस अघि चार पटक सम्म प्रधानमन्त्री बनिसक्नु भएको छ । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक त्यस पछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा प्रधानमन्त्री बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु