प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको सपथ

खबरपथ संवाददाता
२९ असार २०७८, मंगलवार २१:०५

काठमााण्डौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार बेलुका ८ .२५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिनुभएको थियो ।

पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको थियो। सोही कारण साँझ ६ बजे राखिएको सपथ ग्रहणमा ढिलाई भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु