
प्रधानमन्त्री देउवाले भने : मेरो पहिलो प्राथमिकता खोप, खोप र खोप हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अहिले पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु नै रहेको बताउनुभयो ।
प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुबाट उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताउनुभयो ।
देउवाले सरकारले जतिसक्दो छिटो सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने बताउनुभयो । प्रतिनिधि सभामा देउवाले भन्नुभयो ‘मेरो पहिलो प्राथमिकता खोप हो ।
दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भन्नुभयो ।