
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ । आईतबार संसदको पहिलो बैठकमा भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गर्नु भएको हो । उहाँको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको छ ।
कांग्रेस सभापति देउवालाई उहाँको आफ्नै दलसँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले मत दिएका छन् । राप्रपा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी भएन । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।