लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ सिफारिस

खबरपथ संवाददाता
१२ श्रावण २०७८, मंगलवार १८:३९

काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकीकी प्रमुख सीता पौडेललाई हटाएर नयाँ नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु