लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनद्धारा पदभार ग्रहण

खबरपथ संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १७:१८

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर गएर कसैले पनि केही गर्न नपाउने बताउनु भएको छ । उहाँले सबैले शान्तिपूर्ण तरिकाले र संवैधानिक व्यबस्थाको पालना गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले त्यसैबेला कालिगण्डकी–तिनाउ डाईभर्सन मिलाएर गरेमा समस्या नहुने पनि भनाई राख्नुभयो ।

गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । प्रदेश प्रमुखमा शेरचन नियुक्त भएसंगै यादवलाई बिहिबार बिदाई गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*