लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

खबरपथ संवाददाता
१९ श्रावण २०७८, मंगलवार १९:४६

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको  प्रस्ताव दर्ता भएको छ । मंगलवार विपक्षी गठबन्धनले ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी सांसदहरूले प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनलाई प्रस्ताव पत्र बुझाएका हुन् ।

विपक्षी गठबन्धनले यस अघि पनि पोखरेल अल्पमतमा परेको भन्दै माओवादीका केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर यस अघिका प्रदेश प्रमुख धर्मनाद यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु