सांसद वलीको आरोपको एमालेद्धारा खण्डन : बन्धक बनाइएको कुरामा कुनै सत्यता छैन
बुटवल। नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले लगाएको आरोपको खण्डन गरेको छ । नेकपा एमालेले संसदीय दलको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी वलीको आरोपको खण्डन गरेको हो । पत्रकार सम्मेलनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वलीले लगाएको आरोपमा कुनै पनि सत्यता नभएको दावी गर्नुभयो ।
ढकालले एमाले अध्यक्ष केपि ओलीले पठाएको स्पष्टिकरणको चिठि दिनको लागि आफू दाङ् गएको र सांसद वलीको मुख्यमन्त्रीलाई भेटेर कुरा गर्ने चाहना अनुसार आफूले मुख्यमन्त्री निवासमा ल्याएको बताउनुभयो ।
प्रमुख सचेतक ढकालले भन्नुभयो ‘त्यतीका लामो बाटो थियो । उहाँसँग मोबाइल थियो । दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनु भएको थियो ।’ उहाँले भन्नुभयो बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उहाँकै इच्छा अनुसार मुख्यमन्त्री निवासमा राखीएको ढकालले दाबी गर्नुभयो । ढकालले एमालेलाई बद्नाम गराउनको लागि बन्धक बनाएको भनेर चर्चा भएको समेत उल्लेख गर्नुभयो ।
सांसद वलीले बिहीबार नै पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाईएको आरोप लगाएकी थिईन ।
यो लिकं पनि हेर्नुहोस्
मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाईयो, जबरजस्ती हस्ताक्षर गराइयो – सांसद वली