लुम्बिनी प्रदेशमा साउन २७ गते विशेष अधिवेशन आव्हान
बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले आगामी साउन २७ गतेका लागी प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम यही साउन २७ गते दिनको १ बजे प्रदेश प्रमुखबाट प्रदेश सभाको विशेष अधिवेसन आह्वान भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।
गत साउन १९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।