संविधानको अक्षरस पालना गरी काम गर्छु – प्रदेश प्रमुख शेरचन

बुटवलका पत्रकारद्धय केसी र पाण्डे पुरस्कृत 
खबरपथ संवाददाता
२४ श्रावण २०७८, आईतवार २२:००

रुपन्देही ।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको अक्षरस पालना गरेर अगाडी बढ्ने बताएका छन् । प्रदेश प्रमुख शेरचनले कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका छन् । प्रदेश प्रमुख शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दल तथा नेताहरुलाई संवैधानिक तवरले र सञ्चारकर्मीहरुलाई स्वतन्त्र र निष्पक्ष भएर अघि बढ्न सुझाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा ‘आयोजित स्मारिक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको  उल्लेख गरेका गरे ।  उनले आफूहरुका कमी कमजोरीलाई औल्याई दिन समेत आग्रह गरेका छन् । उनले भने, ‘म कुनै पनि पार्टीको सदस्य छैन । न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधान अनुसार काम गर्छु ।’ उनले लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरता सहकार्य, सम्वाद र सहमतिबाट हटाउनु पर्ने यदि नभएमा संवैधानिक रुपले अघि बढ्ने संकेत गर्दै प्रतिपक्षी र सत्तारुण दललाई सहकार्य गरेर अगाडि बढ्न सुभाव दिए ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमलाले मुलुकका हरेक गतिविधीमा सञ्चारमाध्यम र सञ्चारकर्मीले सहयोग गरेको बताए । उनले मुलुकको विकास र समृद्धिको यात्रामा कलमजिवीको उल्लेखनीय भूमिका रहने बताए । जनताले विकास र समृद्धि चाहेको बताउँदै धमलाले राजनीतिक नेतृत्व नसुध्रिए सम्म विकास सम्भव नहुने बताए । उनले राजनीतिमा नैतिकता ठूलो कुरा हुने बताउँदै सहमति र सहकार्यबाटै अगाडी बढ्न प्रतिपक्ष र सत्तारुण दललाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले विकास निर्माणका सबालमा लम्बिनी प्रदेश मुलुककै उत्कृष्ठ रहेको दाबी गरे । श्रेष्ठले सरकार जनताको पक्षमा रहेको बताउँदै प्रदेशको समृद्धिको यात्रामा प्रदेश सरकारलाई सबैको साथ जरुरी रहेको बताए । उनले कोरोनाको दोस्रो लहरले धेरै प्रभावित रहेको बताउँदै तेस्रो लहरको कोरोना नियन्त्रण र रोकथाममा प्रदेश सरकारले तयारी सुरु गरिसकेको दाबी गरे । उनले सबै जिल्ला अस्पतालहरुको स्तरोन्नती तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने कार्यमा सरकार अग्रसर रहेको बताए ।

यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले लुम्बिनी प्रदेशमा भईरहेको राजनीतिक चलखेलले आफूलाई सांसद भनेर सम्बोधन गर्दा पनि लज्जास्पद हुनुपरेको बताए ।

नेकपा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्विनी प्रदेशको राजनीति हलचलले लोकतन्त्रको मजाक भएको बताएका छन् । उनले गठबन्धन संविधानको सदैव रक्षामा रहेको बताए । उनले गठबन्धनले जनताको सपना मर्न नदिने बताउँदै जनताको शिर झुक्न नदिने दाबी गरे ।

राससका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई र नेपाल पत्रकार महासंघका महासचिव विक्रम खड्काले राजनीतिक दलहरु सहि ढङ्गले अगाडि बढि प्रदेशमा देखिएको राजनीतीक किचलोलाई छिटै समाधान गर्न जोड दिएका छन् । साथै मिडिया विधेकले सञ्चार क्षेत्रलाई जुन अङ्कुश लगाउन खोजीएको छ भन्दै घोर आपती जनाएका छन् ।

बुटवलका पत्रकारद्धय केसी र पाण्डे पुरस्कृत 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार तेजेन्द्र केसी र भगवती पाण्डे र नगद सहित सम्मानित भएका छन् ।
उनीहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि धमला लगायतले टिका, दोसल्ला, नगद र प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

एक दशक बढीदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकार केसी रातोपाटी अनलाइनका लुम्बिनी व्यूरो प्रमुख हुन् भने जनसंघर्ष साप्ताहिकका उपसम्पादक हुन् ।

लामो समयदेखि बुटवलबाट पत्रकारिता गर्दै आएकी पाण्डे सेतोपाटी अनलाइनकी रुपन्देही सम्वाददाता र लुम्बिनी टेलिभिजनकी समाचार प्रमुख हुन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले गत वर्षदेखि पत्रकारिताका क्षेत्रबाट योग्दान पुर्याउँदै आएकाहरुलाई सम्मान गर्दै आएको निरन्तरता दिँदै दुई जनालाई सम्मान गरिएको क्लबका अध्यक्ष रामकुमार क्षेत्रीले बताए ।
यस्तै क्लबले डा। बालकृष्ण चाँपागाई अभिन्नन्द गरेको छ ।रुपन्देही जिल्लाबाट चार दशकसम्म निष्ठापूर्ण पत्रकारितामा अविछिन्न रुपमा समर्पित चापगाईलाई सञ्चार क्षेत्रबाट विशिष्ट योगदान अभिनन्दन गरिएको हो । ।भने बुटवलको बुद्ध टिभीका कार्यकारी प्रमुख विक्रम खड्कालाई प्रसशा पत्र र दोसल्ला ओडाई सम्मान गरिएको छ ।
कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षातामा भएको कार्यक्रममा मोहन न्यौपानेको सञ्चालन र मिना ढकालले धन्यवाद दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*