लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

खबरपथ संवाददाता
२७ श्रावण २०७८, बुधबार १३:३२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलबिरूद्धको अविश्वास प्रस्ताव छलफलका लागि आज बुधबार १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो ।

बुधबार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्ने सबै अधिकार मुख्यमन्त्री पोखरेल लाई दिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्नुभएको थियो । प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*