आईसिएफसीको शाखा बिस्तार जारी
बुटवल । तिलोत्तमा नगरपालिकाको ड्राईभर टोलमा आईसिएफसी फाईनान्स लिमिटेडको शुक्रबार शाखा उद्धघाटन भएको छ ।
आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबन र केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन। कर्मसियल र विकास बैकको दरमा ब्याज ऋण दिएर सेवा गरेको उनले बताए । पोखरामा शाखा सेवा बिस्तारसंगै रुपन्देहीमा तेस्रो शाखा भएको उनले बताए । अब हामी पुर्वतर्फ सेवा बिस्तारको अभियानमा छौ । उनले भने तिलोत्तमा नगर बुटवल र सिद्धार्थनगरबिचमा रहेको नमुना नगरपालिका जोड्ने रुपमा रहेको बताए । फाईनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको छ । स्थानिय विकासमा नै लगानी गराउने योजना छ । डेढ लाख बढी सेवाग्राहिहरु छन । देशभर २ सय बढी कर्मचारी रहेका छन। कोभिडकै कारण सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्दा बैकिङ क्षेत्रमा पनि उनले बताए ।
फाईनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरण तर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्य सहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने उनले दाबी गरे। सेकेण्डरी मार्केटमा समेत राम्रो भ्यालु रहेको उनले बताए ।
फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिईरहेको बताए । बैक तथा वित्तिय सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रका जनता माझ पुग्ने गरि योजना बनाईएको बताए। ड्राईभरटोल शाखामा ८ जना कर्मचारीले सेवा दिन्छन । नेपाल राष्ट्र बैकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।