प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई पूर्णता दिनेबारे छलफल
खबरपथ संवाददाता
१२ भाद्र २०७८, शनिबार १३:३५
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशीघ्र पूर्णता दिने विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।