महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

खबरपथ संवाददाता
१४ भाद्र २०७८, सोमबार १३:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रम मार्फत थापाले आफूले आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन ।

थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारिता पूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु